देवगण
ना.
- देवदेवताहरूको समूह; देववर्ग।
- देवताहरूका अनुचर; देवतागण।
- अश्विनी, मृगशिरा, पुनर्वसु, तिष्य, हस्ता, स्वाती, अनुराधा, श्रवण, रेवती आदि नक्षत्रको समूह; फलित ज्योतिषअनुसार यिनै नक्षत्रमा पर्ने गण; देवगण, मनुष्यगण र राक्षसगणमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)