दोब्रिनु

अ.क्रि. [दोबर+इ+नु]

  1. दोबर हुनु; एकको दुई, दुईको चार भएर बढ्दै जानु।
  2. खुम्चिँदैखप्टिँदै पत्रपत्र पर्नु; पट्टिनु।
  3. हँसिया, कोदालो आदिको धार फर्कनु।
  4. भोकले गर्दा पेट ख्याप्प भएर भित्र पस्नु।
  5. लाजले शिर निहुरनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)