दोष
ना. [सं.]
- कुनै कुरा, व्यक्ति वा वस्तुमा रहेको त्रुटि, कमी, बाधा आदि अवगुण; खराबी, दुर्गुण।
- नैतिक वा कानुनी दृष्टिले अपराध मानिने कुनै अभियोग, कलङ्क वा लाञ्छना।
- अपराध; कसुर।
- फत्तुर; खोट; अत्तो।
- कलङ्क; दाग।
- भुल; अशुद्धि।
- मिसावट; कसर।
- आयुर्वेदका अनुसार शरीरमा वात, पित्त र कफबाट हुने प्रकोप।
- सोझै वा अर्थलाई दूषित गराएर काव्यको गुण वा रसको आस्वादनमा हानि गराउने कुरा; रसको अपकर्षक तत्त्व (काव्यदोष; अर्थदोष, रसदोष आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)