दोहोलो
ना. [दुहाई+लो]
- कुनै काम फेरि गर्नका निम्ति भय, त्रास आदिले गर्दा पटक्कै नचाहने स्थिति; तालाबाला; तोबा; दोहलो।
- कुनै कार्यदेखि पूरै चेत्ने काम; हायलकायल; चेतबाबा काशी।
- केटाकेटीलाई तालु, नाइटो आदिमा औषधी वा फुकेर मन्त्रिएको वस्तु दलिदिँदै भनिने शब्द। (उदा.- नानीलाई दोहोलो, दोहोलो!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)