द्वित्व

ना. [सं.]

  1. दुइटा हुनाको भाव वा अवस्था; दोहोरो स्थिति।
  2. दुईको सङ्ख्या।
  3. युग्म; जोडा।
  4. एकै अनुहारका र एकै अर्थका शब्दहरू पूर्ण, आंशिक तथा आपरिवर्तित रूपमा दोहोरिएर नयाँ शब्दहरूको निर्माण हुने व्याकरणिक प्रक्रिया; द्विरुक्ति (झरझर, तात्तातो, खनखाँचो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)