धरहरा
ना. [प्रा. धरहरो? सं. धरागृह]
- भित्रभित्रैबाट माथिसम्म जाने सिँढी भएको अग्लो, डोलो स्तम्भ; कीर्तिस्तम्भ; मिनार; धररा।
- काठमाडौँमा वि. सं. १८८२ मा भीमसेन थापाले बनाएको, टुप्पामा चढेर अघि ठुला घटना सूचित गरिने र हाल कुनै राष्ट्रिय उत्सवमा धुन आदि बजाइने नौतला भएको प्रसिद्ध कीर्तिस्तम्भ; भीमसेनस्तम्भ। यो धरहरा २०७२ वैसाख १२ गते ११:५५ बजेको महाभूकम्पमा तीन टुक्रा भएर भत्कियो। पुनर्निर्माण गरिने तयारी छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)