धर्म

ना. [सं.]

  1. व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव।
  2. स्वाभाविक गुण; सहज वृत्ति।
  3. स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य; पुण्य कर्म।
  4. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो- मानवधर्म, नारीधर्म, युगधर्म इ.)।
  5. असल आचरण; सदाचार; नियम।
  6. पुण्य; सत्कर्म।
  7. ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म।
  8. कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)