धुन

ना. [सं.]

  1. गाउँदाखेरिको लय वा स्वरक्रमको रीति; गानाको विशेष स्वरकम्पन।
  2. नदीनाला, छाँगाछहरा आदिबाट निरन्तर रूपमा निस्कने ध्वनि।
  3. कुनै कार्यसिद्धिका निम्तिको यथासाध्य प्रयत्न; भरमग्दुर।
  4. कुनै काम एकचित्त भएर गर्ने प्रवृत्ति; एकाग्रता।
  5. मनको वेग; सुर; लहड; ताना।
  6. सोचविचार।
  7. कुनै विषयप्रतिको चिन्ता; फिक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)