धोती
ना. [सं. धटी]
- कमरदेखि मुनि बेरेर लगाइने, लमाइपट्टिका दुई किनारामा सानो पारीजस्तो भएको, एक छेउको फुर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने नसिलाएको वस्त्र।
- लामो ठुलो कछाड।
- लँगोटी।
- लमाइका दुई किनारामा पारी भएको स्त्री जातिले पहिरिने सारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)