नाइके

ना. [सं. नायक]

  1. ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति।
  2. कुनै पनि कामको अगुवा; नायक।
  3. कुनै दल वा समूहको प्रमुख व्यक्ति; नेता।
  4. झ्यालखानामा अन्य कैदीहरूको देखरेख गर्ने काममा खटाइएको कैदी; दाइ नाइके।
  5. दाइ नाइकेभन्दा एक तहमुनिको कैदी; भाइ नाइके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)