नाच्नु

अ.क्रि. [सं. नृत्य (+नु)=नर्तन]

  1. सङ्गीतका ताल र लयअनुरूप हाउभाउ देखाउँदै हात, गोडा र कम्मर आदि शरीरका अवयवको कलापूर्ण तरिकाले सञ्चालन गर्नु; नृत्य गर्नु; नाच गर्नु।
  2. यताउति हिँड्नु, भौँतारिनु।
  3. सोचविचार नगरीकन अर्काको इसारामा चल्नु; अर्काको लहैलहैमा दगुर्नु।
  4. घुम्नु, रिङ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)