नाटक
ना. [सं.]
- कुनै देश, काल र वातावरणसँग सम्बद्ध नर-नारीको चरित्र र कार्यलाई पात्रहरूका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा; दृश्य काव्य।
- रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कुनै कथावस्तु।
- पाँचदेखि दश अङ्कसम्म हुने, प्रख्यात धीरोदात्त, दिव्य वा अदिव्य नायक हुने, पञ्चसन्धिले युक्त र वीर आदि रसको समावेश भएको रूपकको एक भेद।
- वास्तविक रूपमा नभएर देखाउनका निमित्त मात्र गरिने कुनै काम; देखावटी वा बनावटी कुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)