नादान

वि. [फा.]

  1. कुनै कामकुरा गर्ने साहस वा उत्साह नभएको; हिम्मत नभएको; डरछेरुवा; लाछी नामर्द।
  2. बुद्धि नै नभएको वा ज्यादै कम बुद्धि भएको; मूर्ख; नासमझ।
  3. कम महत्त्वको; जाबो; तुच्छ।
  4. उमेर वा अवस्था नपुगेको; बुद्धि नछिप्पिएको (केटाकेटी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)