नाबालक/नाबालख
ना. [अ. नाबालिग]
- निजामति, जङ्गी आदि सेवाका साथै निर्वाचन, उत्तराधिकारक्रम, विवाह आदि सम्बन्धी ऐनमा बालिग हुन निर्धारित उमेर नपुगेको व्यक्ति।
- उमेर नपुगेको केटो वा केटी।
- बालक, बच्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)