नास्नु
स.क्रि. [सं. नाश+नु]
- भइरहेको वा देखिइरहेको वस्तुलाई नहुने वा नदेखिने स्थितिमा पुर्याउनु; नाश गर्नु; विध्वंश गर्नु।
- बनेको वस्तुलाई बिगार्नु; भत्काउनु; लथालिङ्ग पार्नु।
- खर्च गर्नु; मास्नु।
- खेर फाल्नु।
- मार्नु।
- तुहाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)