निख्रनु

अ.क्रि. [सं. निक्षरण]

  1. भएको चिजबिज, सम्पत्ति आदि समाप्त हुनु; अलि-अलि गरेर भएभरको सकिनु; बाँकी नरहनु; रित्तिनु; सिद्धिनु।
  2. फोहोर-मैला नभएको हुनु; स्वच्छ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)