निछाउनु
स.क्रि. [सं. नीच+याउ+नु]
- कुनै काम-कुरोलाई महत्त्व नदिई उपेक्षा गर्नु।
- नीच मार्नु।
- गर्नुपर्ने कुनै काम-कुरोलाई गरूँ कि नगरूँ जस्तो गरेर टार्नु; अल्छी गर्नु।
- ढिलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)