निरुक्त
वि. [सं.]
- तोकेर भनिएको; पक्कापक्की गरिएको।
- वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये एक अङ्ग।
- शब्दको व्युत्पत्ति र मूल रूपको व्याख्या गरिएको व्याकरणविशेष (जस्तै- यास्कको निरुक्त)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)