निर्णय

ना. [सं.]

  1. पक्षविपक्षका जिकिरलाई प्रमाणका आधारमा छानबिन गरी सत्यपक्षको विजयबारे गरिएको टुङ्गो; फैसला।
  2. कुनै विवादास्पद विषयमा एक्लै वा सामूहिक रूपमा गरिने निधो।
  3. दुई विरोधीहरूको विवादबारे मध्यस्थले दिएको मत।
  4. निधो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)