निर्वाह
ना. [सं.]
- गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्ति हुँदै गएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको जीविका।
- कामचलाउ स्थिति; गुजारा।
- पालनपोषण; आश्रय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)