न्याउली

ना. [अ. मू. न्याउ+ली]

  1. पहेँलो चुच्चो, निलो टाउको, हरियो पुच्छर र रातो भुँडी हुने एक जातको चरो। २ तीनवटा बाँसका वा यस्तै नलीबाट स्वर निस्किरहने, चौथो नलीमा बाँसुरीका जस्ता विभिन्न स्वरका प्वालहरू हुने र पाँचौँ नलीबाट फुकेर छाला आदिको खलाँतीजस्तो थैलीमा हावा भरी बजाइने एक किसिमको बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)