पक्रनु

स.क्रि.

  1. बलियो गरी हातले केही कुरो समात्नु; समाउनु; पक्डनु; पकड्नु।
  2. लिनु; ग्रहण गर्नु।
  3. बुझ्नु; बुद्धिद्वारा ग्रहण गर्नु।
  4. अपराध आदिको सिलसिलामा अभियुक्तलाई खोजेर नियन्त्रणमा राख्नु।
  5. उम्कन नदिनु।
  6. साथ दिनु वा साथ नछोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)