पञ्चशील
ना. [सं.]
- हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम।
- इन्डोनेसिया देशको बाङ्डुङ नामक सहरमा अप्रिल, १९५५ इ. मा भएको एसिया र अफ्रिकाका अनेक राष्ट्रको सम्मेलनमा राष्ट्रका पारस्परिक हितका लागि स्वीकार गरिएका, क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्त्व जस्ता महत्त्वपूर्ण पाँच सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)