पटपट

ना. [अ.मू. पट+अ (द्वि.)]

  1. केराका पातको डाँख्लो बिचमा केही भाग राखेर दुईतिर चिरी हल्लाएर बजाउँदाको शब्द।
  2. त्यस्तो शब्द निकालेर खेलिने खेल।
  3. हाँडीमा भुटिएका मकै आदि पड्कँदा आउने शब्द।
  4. लट्ठी आदि बारबार भाँचिरहँदा आउने शब्द।
  5. कुनै वस्तु लगातार फुट्दा आउने शब्द।
  6. केही पड्कँदा आउने शब्द।
  7. त्यस्तो शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)