पटपटे

ना.

  1. मोटो जातको दुबो; घोडेदुबो।
  2. खुकुरीको बिँड आदि बनाउने काममा आउने एक जातको रुख; भालुकाठ।
  3. बलियो तथा नझर्ने, दाँती परेका किनारा भएको साधारण पात हुने, पहेँला वा सेता ससाना आकारका फूल फुल्ने बोटविशेष।
  4. केराका पातका डाँख्लाबाट बनाइने र पटपट बजाउँदै खेलिने केटाकेटीको एक खेलौना।
  5. पटपट शब्द गर्ने; पटपट शब्द निकाल्ने।
  6. भटभटाउने; फटफटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)