पति

ना. [सं.]

  1. कुनै वस्तु वा व्यक्तिको धनी वा स्वामी।
  2. कुनै विवाहिता स्त्रीको लोग्ने; पोइ; कान्त।
  3. राष्ट्रको सर्वोच्च शासक।
  4. पाशुपत दर्शनअनुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त (जगत्को सृष्टि, स्थिति र संहारका कारण) महेश्वर।
  5. इज्जत; आबरु; पती; मान; प्रतिष्ठा।
  6. जरो; मूल।
  7. शाही सेनाको एक उच्च पदाधिकारी; कमान्डर (जस्तो- चमूपति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)