पत्र
ना. [सं.]
- बोटबिरुवाका पात; पत्ती; दल।
- चिठी।
- कागत।
- कुनै विषयको प्रामाणिक लेख लेखिएको कागत, धातु, शिला आदिको पातो (दानपत्र, ताम्रपत्र, शिलापत्र आदि)
- समाचार आदि छापिएको कागज; अखबार।
- पुस्तक, कापी आदिको पातो; पाना।
- बाणका मोठमा लगाइने प्वाँख।
- एकमाथि अर्को हुँदै रहेको वा राखिएको तह; खात।
- फूलका पत्ती वा दल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)