पद्म
ना. [सं.]
- कमलको फूल।
- कमलको बोट।
- सामुद्रिक शास्त्रअनुसार हत्केला वा पैतालामा हुने सौभाग्यसूचक चिह्न।
- कमलका आकारको विष्णुको एक हतियार।
- कुबेरका नौ खजानामध्ये एक खजानाको नाम।
- हात्तीको सुँड वा गालामा बनाइने चित्र।
- अष्ट नागमध्ये एक।
- अठार पुराणमध्ये एक।
- एक प्रकारको योगासन।
- गणितमा १,००,००,००,००,००,००,००० को सङ्ख्या।
- वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको दुई गुना बराबरको नाप; कला एवं कोलक बराबरको नाप; मात्राको दुई गुना बराबरको नाप; अक्षि एवं अश्विनी बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)