पन्जा
ना. [फा. पन्ज, सं. पञ्च+आ]
- हात वा गोडाका पाँच औँलाको समूह।
- पाँच औँलासहितको हत्केलो; लबटो; पौँजा।
- तास वा गन्जिफाको पाँच फुट्टीको पत्ती।
- पाँच, नौ र एक कौडा ठाडा हुँदा पर्ने जुवाको खेलको एक दाउ।
- पासाको खेलमा दुई पासामा दुवा-दुवा र एक पासामा पोट पर्दा हुने एक दाउ।
- गलैँचा बुन्दा तानको तनोट र बुनोटको धागो मिलाउन ठोकिने साधन।
- पाँच औँलालगायत हत्केलादेखि मणिबन्धसम्म वा त्यसभन्दा केही माथिसम्म लगाइने सुती, ऊनी, प्लास्टिक, छाला आदिको खोल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)