पन्डर

ना. [सं. पाण्डुर]

  1. पानका आकारका पात हुने, भेट्नातिर गट्टाजस्तो हुने, सेता फूल फुल्ने र काला साना फल फल्ने, राता धर्का भएको हरियो डाँठ हुने, एक जातको लहरो; त्यसैको फूल। (आयुर्वेदमा यसको गुण खटिरा नाश गर्ने र आँखाको हित गर्ने भनी लेखिएको छ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)