पपिता

ना. [सं. पारेवत]

  1. अँडिरका जस्ता पात हुने, प्रायः हाँगाबिँगा नहुने, पहेँलो फूल फुल्ने, भेट्नातिर विशेष डल्लो र फुकेको हुँदै टुप्पातिर केही पातलो हुने लाम्चा भावका ठुला फल टुप्पानेरै झुत्तिने एक जातको बोट; त्यसै बोटको फल पाकेपछि गुदी पहेँलो रङको र गुलियो स्वादको हुने र भित्र काला बियाँ हुने फल; मेवा; पविता। (यसका फललाई शक्तिवर्धक र पाचनशील मानिएको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)