परिणत
वि. [सं.]
- खुबसँग झुकेको; बेसरी नुहेको।
- नम्र; विनम्र; विनीत।
- एक रूपबाट अर्का रूपमा बदलिएको; रूपान्तर भएको; स्वरूप बदलेको।
- पाकेको; परिपक्व भएको;
- पचेको; हजम भएको।
- उमेर छिप्पिएको वा पुगेको; पाको; प्रौढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)