परिणाम
ना. [सं.]
- कुनै काम वा विषयको निचोरमा हुने निष्कर्ष; फल; नतिजा।
- कुनै काम वा विषयलाई बदल्ने काम; परिवर्तन।
- एक रूपबाट अर्को रूपमा बदल्ने काम; रूपान्तरण।
- कुनै वस्तु वा विषयको वृद्धि हुने क्रिया; विकास।
- समाप्त हुने क्रिया; समापन; समाप्ति; टुङ्गो; छिनाफाना।
- उपमेयको काम उपमानद्वारा गरिँदा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)