परिधि
ना. [सं.]
- चारैतिर बारिएको बार; चौतर्फको घेरा; चौघेरो।
- वृत्तको सबभन्दा बाहिरपट्टिको पूर्ण रेखा; वृत्त बनाउने वक्ररेखा।
- विस्तार; व्याप्ति।
- सूर्य, चन्द्र आदि ग्रहका वरिपरि देखिने बाटुलो घेरो; परिवेश; मण्डल; सभा।
- यज्ञकुण्डका तीनतिर ठोकिने किलो।
- परिक्रमा गर्ने मार्ग वा बाटो।
- कुनै वस्तु वा विषयको निश्चित सीमा वा हद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)