परिमल
ना. [सं.]
- राम्रोसँग मल्ने वा माड्ने काम।
- कुमकुम, चन्दन आदि घोटेर बनाइएको सुगन्धित पदार्थ शरीरमा दल्ने वा लगाउने काम।
- त्यसरी शरीरमा दलिएको वा लगाइएको पदार्थबाट आउने मिठो बास्ना।
- फूल आदिबाट निस्कने, वरिपरि फैलिएको मगमग वास।
- सुवास; सुगन्ध; खुस्बु।
- मैथुन; सम्भोग।
- पण्डित वा विद्वान्हरूको समूह; पण्डितमण्डली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)