परीक्षा

ना. [सं.]

  1. योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम; जाँच गर्ने काम; जाँच; जँचाइ।
  2. कुनै वस्तुको गुण, दोष आदिको अनुभव गर्नका निम्ति गरिएको प्रयोग; पारख।
  3. प्राचीन न्यायालयमा अभियुक्त वा साक्षीको सच्चाइ जाँच्ने क्रिया; दिव्यपरीक्षा।
  4. तर्क, प्रमाण आदिबाट कुनै वस्तुका यथार्थ तत्त्वको निरूपण गर्ने काम; निष्पक्षता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)