पर्दा
ना. [फा. पर्द]
- भित्रको दृश्य बाहिरबाट नदेखियोस् भनी झ्याल-ढोकामा झुन्ड्याइने कपडा आदिको आवरण।
- स्त्रीजातिले मुख छोप्न आवरणको रूपमा प्रयोग गर्ने घुम्टो आदि।
- नाटक वा चलचित्रको पट।
- अदेखा वा अछेका प्रथा।
- मर्यादा वा इज्जत।
- आँखाको नानीमा मोतियाबिन्दु हुँदा लाग्ने जालो।
- हार्बिन, प्यानो आदि बजाउँदा औँलाले दबाउने अवयव।
- पुराना शैलीका मयलपोसमा छातीनेर निकालिने एक फेसन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)