पर्व

ना. [सं.]

  1. शुक्ल वा कृष्णपक्ष, तिथि, वार, नक्षत्र, योग, करण तथा महिनाका आधारमा निर्धारित पुण्यकाल।
  2. चन्द्र वा सूर्यमा लाग्ने ग्रहण।
  3. धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा दिन; उत्सव; चाड।
  4. कुनै काम हुने वा गरिने विशिष्ट दिन; मौका; अवसर।
  5. दुई वस्तु वा दुई अङ्ग जोडिएको ठाउँ; जोर्नी।
  6. चतुर्मास।
  7. औँलाका जोर्नीले छुट्टयाइएको खण्ड।
  8. कुनै विशेष घटना वा त्यस्तो घटना भएको समय (जस्तो- कोतपर्व, भँडारखालपर्व इ.)।
  9. महाभारत ग्रन्थको खण्ड।
  10. तीन मात्रा वा अङ्गुल बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)