पल्टा
ना. [प्रा. पलट्ट]
- पलट; पल्ट्याङ।
- सङ्गीतमा तानको एक टुक्रो; तानका स्वरहरूलाई क्रमशः एक, दुई, तीन आदिमा पुर्याउँदै फेरि फर्केर अगिको वा पछिको एक वा अनेक स्वरलाई क्रमशः छोड्दै र तिनमा अन्य स्वरहरूलाई जोड्दै गाउने-बजाउने विधि; सङ्गीतका पाँच हजार चालिस पल्टामध्ये कुनै एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)