पहेली

ना. [सं. प्रहेलिका]

  1. भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य; उत्तर लुकेको प्रश्न; अत्तो; कूट; प्रहेलिका; अड्को।
  2. हत्तपत्त बुझ्न नसकिने जटिल कुरो; कठिन समस्या।
  3. गम्भीर रहस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)