पाउ
ना. [सं. पाद]
- गोडो; खुट्टो; पाद।
- श्लोक वा पद्यको एक चरण।
- चौथो भाग; चतुर्थांश।
- बिस तोलाको तौल वा त्यति तौलको ढक।
- अढाई सय ग्रामको परिमाण।
- पच्चिस सेन्टिमिटरको नाप।
- एक पाउको नाप वा परिमाण बराबरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)