पाटी
ना. [सं. पट्टिका]
- केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक; काठ वा ढुङ्गाको सिलोट।
- दौराका फेरका बिब्ल्याँटापट्टि गाँसिने कपडाको धरो।
- हलो बाँध्दा हरिस मिलाउन ठोकिने काठको च्याप्टो चोइटो।
- आराले चिर्दै गरेका काठको चिरिएको भागतिर चिर्न सजिलो पार्न ठोकिने काठको टुक्रो।
- कुनै दुलो परेको ठाउँ बुच्याउन ठोकिने काठको ठेडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)