पाटो

ना. [सं. पट्ट]

  1. बारीको विशाल चकला; सतह मिलेको फराकिलो जग्गा; पाटा।
  2. दुई कुनाका बिचको भूमि; पाटा।
  3. एक रङको भुईँमा अर्को रङ परेको धर्सो।
  4. कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)