पात्र

ना. [सं.]

  1. कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन।
  2. केही वस्तु पाउन वा लिन योग्य व्यक्ति; सत्कार, पूजा आदि गर्न योग्य मानिस; सुपात्र; सत्पात्र।
  3. नाटकमा अभिनय गर्ने व्यक्ति; अभिनेता; नट।
  4. काव्य, नाटक, कथा, उपन्यास आदिमा चरित्रको वर्णन गरिएको नायक, नायिका वा अन्य कुनै व्यक्ति।
  5. योग्यता; क्षमता; सामर्थ्य।
  6. अधिकार दिन वा पाउन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)