पान
ना. [सं.]
- पिउने काम; पन्यालो पदार्थ वा धुवाँ निल्ने काम।
- पिइने पदार्थ; पेय पदार्थ।
- चुम्बन; म्वाइँ। [पञ्च]
- 'पाँच' शब्दको अपभ्रंश रूप।[सं. पानीय>पानी]
- समास भएका केही शब्दको आरम्भमा देखिने 'पानी'-को सङ्क्षिप्त रूप (जस्तै- पानढिकी, पानडोको इ.)।[सं. पर्ण (=पात)]
- पिपल का पातका आकारका पात हुने एक प्रसिद्ध लहरो; ताम्बुली; खयर, चुन आदि हालेर खाइने, आयुर्वेदमा रक्तवर्धक, कफनाशक, बलवर्द्धक र रुचिकारक गुण बताइएको त्यसैको पात।
- खयर, चुन, सुपारी आदि हाली बनाइएको सोही पातको खिली।
- पानकै पातका आकारका राता फुट्टी हुने तासका चक्कीको एक प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)