पानी

ना. [प्रा. पाणीअ< सं. पानीय]

  1. नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बालीनाली आदिका निम्ति निरन्तर आवश्यक पर्ने प्रसिद्ध तरल पदार्थ; जल; नीर।
  2. झोल; रस।
  3. जिभ्रो, आँखा, घाउ आदिबाट बग्ने तरल पदार्थ; आँसु।
  4. झरी; वर्षा; वृष्टि।
  5. तेज; कान्ति।
  6. टलक; चमक; पाइन।
  7. मान; प्रतिष्ठा।
  8. पुरुषार्थ; वीरता।
  9. अभिमान; ताइँ; घमन्ड।
  10. वर्ष; साल (जस्तो- दुई पानी खाएको रुख)।
  11. जलवायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)