पानीसरो

ना. [पानी+सरो]

  1. पात र बोट अदुवाका जस्ता हुने डाँठका सिरानमा सुन्तला रङका फूल फुल्ने तथा हरियो फल फल्ने एक थरी बुटी; त्यसैको फल।
  2. आयुर्वेदमा चर्मसम्बन्धी रोग र कुष्ठरोगलाई निको गर्ने बताइएको र श्रावण सङ्क्रान्तिका दिन लुतो फाल्न कण्डारकको पूजा गर्दा कुकुरडाइनाको लहराका साथ चढाइने त्यसको फूल।
  3. शरीरमा जिलजिलाउँदा उठ्ने एक प्रकारको खटिरो; सात प्रकारका माई रोगमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)