पालुङ्गो
ना. [सं. पालङ्क]
- रातो, कमलो जरा हुने, प्रायः चम्सुरसँग मिलाएर पकाइने एक जातको प्रसिद्ध साग। (आयुर्वेदमा यसको पात ठन्डा गर्ने, आन्द्राको रोग निको पार्ने र फोक्साको हित गर्ने बताइएको छ। रातो डाँठ हुने गोब्रे पालुङ्गो र हरियो डाँठ हुने पाटने पालुङ्गो गरी यसका दुई किसिम छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)