पाल्नु
स.क्रि. [सं. पालन]
- खान-लाउन दिएर कसैलाई आफ्ना घरमा राख्नु; भरणपोषण गर्नु; प्रतिपालन गर्नु।
- मनोरञ्जन, उपयोग वा उपभोगका निम्ति पशुपक्षीलाई खानपान दिएर राख्नु।
- स्याहारसम्भार गर्नु; हेरविचार गर्नु।
- आज्ञा, अनुशासन, अर्ती, कर्तव्य, कानुन आदिका अनुसार चल्नु; पालना गर्नु; मान्नु; अनुशासनको रक्षा गर्नु।
- सह्यार गर्नु; सुसार गर्नु।
- रौँ, नङ, रुख आदिलाई नकाटी बढ्न दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)