पाल्सी
ना. [अङ्. पलिसी]
- छँदाखाँदाका शब्दहरूलाई उल्टापल्टा पारेर बोलिने बोली; कूटभाषा; पाल्से; पालिसे (जस्तै- 'राम भात खान जान्छ' को 'मार ताभ नाख छान्ज'।)।
- शब्दहरूमा कुनै अक्षर वा पद जोडेर बोलिने बोली (जस्तै- बिराम बिभात बिखान बिजान्छ)।
- कूटनैतिक; पेचिलो; पोलिसीदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)